जनमत पार्टी र नाउपाबीच वैशाख १७ गते एकता हुने
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आगामी वैशाख १७ गते एकता हुने भएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले आगामी १७ वैशाखमा दुई पार्टीबीच एकता घोषणा गर्नेगरी तयारी अघि बढाइएको जानकारी दिएको हो ।
राउतको सचिवालयले इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुन लागेको दाबी गरेको छ । यी दुई दलका शीर्ष नेताहरू पछिल्लो केही समयदेखि एकताको तयारीसहित वार्तामा जुटिरहेका छन्।