सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने चार ट्राफिक प्रहरीलाई कारबाही
काठमाडौं। सर्वसाधारणलाई बिच बाटोमै कुट्ने चार जना ट्राफिक प्रहरीलाई कारबाही गरिएको छ। उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी गराए।
ती व्यक्तिमाथि काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि कुटपिट भएको थियो। साथै, घटना गत मङ्सिर ११ गतेको रहेको प्रहरीले जनाएको छ। उनीहरू चार जनालाई नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय झिकाएर आवश्यक अनुसन्धान भइरहेको छ।
एक जना व्यक्ति कुटिएको भिडिओ बिहीबार बिहानैबाट यति बेला सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। सार्वजनिक भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छ। उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिएको छ।