एसइईको रजिस्ट्रेसन आवेदन खुल्यो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला गरेको छ ।

बोर्डले सूचना जारी गर्दै शैक्षिक सत्र २०८२ मा एसइई परीक्षामा सहभागी हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको जानकारी दिएको हो । आजदेखि जेठ ११ गतेसम्म आवेदन दिन सकिने छ ।

जेठ १२ गते सम्म फाराम भर्दा तीन सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६ सय रुपैयाँ तोकिएको छ। दोब्बर दस्तुरका लागि जेठ १८ गतेसम्मको समय तोकिएको सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना