देउवाले सरकार ढल्दैन भनेपछि विपक्षी निराश बने: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला गर्नेहरू नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको भनाइपछि निराश भएको बताएका छन्।
आज बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देउवाले थाइल्यान्डबाट फर्किएर विमानस्थलमा दिएको अभिव्यक्तिले विपक्षीहरूलाई थप चिन्ता थपेको बताए ।
शेरबहादुरजीले हिजै जवाफ दिनुभयो, खुई गरेर पुर्पुरोमा हात लगाएर थचक्कै बसेका छन्। सरकार ढल्दैन भनेपछि तुर्सिए जस्ता भए,’ ओलीले बैठकमा भने।
उनले देउवा थाइल्यान्ड भ्रमणबाट फर्किनुअघि सरकार ढल्ने चर्चा व्यापक भएको उल्लेख गर्दै त्यसको खण्डन गरे।हिजोसम्म आगो बाल्न खोज्नेहरू देउवाजी फर्किएपछि सरकार ढल्छ कि जस्तो प्रचार गर्दै थिए,’ ओलीले भने, ‘तर देउवाजीको विमानस्थलमा दिएको स्पष्ट भनाइले उनीहरू निराश बने।
ओलीले सांसदहरूलाई सरकार ढल्ने हल्लामा ध्यान नदिई आफ्नो काममा केन्द्रित रहन निर्देशन दिए। सरकार ढल्छ कि ढल्दैन भन्ने चिन्ता नगर्नुस्,त्यसको जिम्मा हामीले लिएका छौँ,ओलीले भने,तर विपक्षीहरूले प्रधानमन्त्रीले आश मारे भन्ने अनौठो भाषा प्रयोग गरेका छन्। नेपाली भाषा नबुझेका हुन् कि जस्तो पनि लाग्यो।