माया राई पक्राउ परेको संसद सचिवालयलाई जानकारी

काठमाडौं । नेपाल प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउको संसद सचिवालयलाई जानकारी गराएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत हरि खतिवडाका अनुसार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी प्रकरणमा फरार रहेकी राईलाई शनिबार साँझ पक्राउ गरिएको हो। राईराई हिरासतमा राखि थप अनुसन्धान भइरहेको जानकारी सचिवालयलाई गरिएको हो । यो सँगै राई अब निलम्बित हुनेछिन्।

उक्त सहकारी ठगी प्रकरणमा जीवी राई फरार रहेका छन् । रवि लामिछाने र छविलाल जोशी भने धरौटीमा रिहा भएका छन् ।