कांग्रेसमा देउवा–आरजुका अगाडि सबै चुप,गगन-विश्वदेखि शेखरसम्मका नेताले के भने ?

काठमाडौं। नेपाली कांग्रेस–नेकपा एमाले मिलेर बनेको ठूलो शक्तिशाली सरकारको अहिले प्रत्तिपक्ष र सरकारमै रहेका दलहरूले संसददेखि सडकसम्म प्रधनमन्त्री केपी शर्मा ओलीको विरोध गरि रहेका छन्।

केन्द्र र प्रदेश सरकारहरुमा सबैभन्दा ठूलो भाग लिइरहेको कांग्रेस प्रतिपक्षीभन्दा पनि कडा भाषामा सकारको आलोचना गरिरहेको छ। पार्टी नेतृत्व र अन्य जिम्मवार नेताहरुकै सरकारमा रहने–नरहनेबारे आकाश–पातालकै फरक देखिन्छ। कांग्रेसको आधिकारिक धारणा कुन हो छुट्याउनै मुस्किल परिरहेको छ।

कांग्रेस– एमालेसँग ठूलो शक्तिशाली सरकार। अबको १४ महिनापछि शेरबहादुर देउवा यो देशको प्रधानमन्त्री बन्ने रे। केन्द्रमा १० मन्त्री लिएकै छ। सातमध्ये चार प्रदेशमा मुख्यमन्त्री कांग्रेसकै। प्रदेशमा पनि ३२ मन्त्रीसहित सबैभन्दा ठूलो भाग खाएको दल। तर, रवैया यस्तो लाग्छ माओवादीभन्दा कडा प्रतिपक्षी यही कांग्रेस हो। शीर्ष नेता भन्छन्– सबै ठिकठाक छ।

सरकार पूरै अवधि जान्छ। अरु नेता भन्छन्– सबै खत्तम भइसक्यो–जतिबेला पनि सरकार छाड्न सकिन्छ। सायद धेरै लोकतान्त्रिक अधिकारको मात चढेर हुनुपर्छ ? सरकार ठिक छैन भन्ने धारणा आधिकारिक हो वा काम गर्न सकेन भन्ने धारणा ?

जनता त सधैँ अलमलमा छन् नै कार्यकर्तासमेत द्विविधामा छन्। संकटका बेला मध्यमार्गी बाटो देखाउने कांग्रेसले अहिले त्यही संकट देखाउँदै बोलेर पिठो बिकाउने र भागबन्डाको बार्गेनिङ गर्ने टुल बनाइरहेको छ। कांग्रेसको दोगला चरित्र देखिने केही उदाहरण यहाँ देखाउँदैछौँ ।

त्यस्तै  कांग्रेस सभापति शेरबहादुर देउवाअब बन्ने भावी प्रधानमन्त्री पनि हुन। जो आफैँ अन्योलमा छन् कि यो सरकारको बचाउ गर्ने कि विरोध?बचाउ गरौँ सोच्छन्– अनि लाग्छ, न काम गरेको छ न भाग दिएको छ, कसरी बचाउ गर्नु ? विरोध गरौँ सोच्छन्,लाग्छ– अबको प्रधानमन्त्री मै हुँ, असहयोग गर्न त कसरी मिल्ला र ? यही मनोदशाबाट ग्रसित देउवाले चैत ३० गते भनेका थिए– सरकारका कारण कांग्रेस बद्नाम भयो। बैशाख १२ गते अर्को अभिव्यक्ति दिए– यो सरकार ढल्दैन देउवाका त्यस्तै भनाइले पार्टी भित्र र बाहिर अन्याेल सुजना गरिरहेकाे छ।

त्यस्तै नेपाली काँग्रेसका महामन्त्री गगन थापा दुई ठुला दल मिलेर सरकार बनाउँदा सकारात्मक अपेक्षापसहित सरकार चलाउने संयन्त्रका सदस्य हुन्। जसले आफ्नो बद्नामी खपेरै भए पनि सरकारलाई मार्गदर्शन गरे। तर, पछिल्ला केही महिनायता गगनले सरकारले काम गर्न नसकेको बोली तारन्तार दोहो¥याइरहेका छन्। अहिले त त्योभन्दा पनि माथि उठेर कांग्रेसले जुनसुकै बेला सरकार छाड्न सक्ने धम्की दिइरहेका छन्।

सरकार असफल भएको हो भने कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन सक्नुपर्छ । होइन भने मन्त्री फिर्ता ल्याउन सक्नुपर्छ। तर, सार्वजनिक खपतका लागि महामन्त्रीहरु बोलिरहेका छन्। अर्का महामन्त्री विश्वप्रकाश शर्माको हालत पनि उस्तै छ। उनीहरुका अभिव्यक्ति व्यक्तिगत हुन् कि पार्टीको आधिकारिक?

काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पनि सरकारका कामकारबाहीमा पूर्ण असन्तुष्टि जनाएका छन्। बुधबार खड्काले सभापति देउवा थाइल्यान्डबाट फर्किएपछि अर्कै तरिकाले अघि बढ्ने बताएका थिए। माओवादीले समेत वर्तमान सरकार ढल्ने चेतावनी दिइरहेका समय खड्काको यो अभिव्यक्तिले ओली झस्किएका थिए।

त्यसैगरि नेता शेखर कोइराला वर्तमान सरकार बनेको दुई महिना समर्थनमै थिए। तर,त्यसयता सरकारको निरन्तर आलोचना गरिरहेका छन्। खासगरी सात बुँदे सहमतिअनुसार अघि बढ्न नसकेको र सरकारमा गएर काम देखाउन नसक्दा एमालेका कारण कांग्रेससमेत बद्नाम भइरहेको टिप्पणी गर्दै आएका छन्।

कांग्रेसका मन्त्रीहरुमै बेमेल देखिन्छ। त्यसको गतिलो उदाहरण ऊर्जामन्त्री दीपक खड्का र ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामको टसल हो। विद्युत प्राधिकरणबाट जसरी पनि कुुलमान घिसिङलाई हटाउनु पर्ने प्रष्ट लाइनमा रहेका खड्का र घिसिङलाई सरकारले पुरस्कार दिनु पर्ने लाइनमा रहेका तामाङबीच कलह थियो।तामाङ यही कारण बर्खास्तमा परे। अब खड्कालाई यो सरकार पुरै समय जोगाइराख्नु छ। तामाङलाई भने यो सरकारदेखि सही नसक्नु भएको छ।

यी तामाम नेताहरुले सरकारको सकेसम्म विरोध गर्दा पनि कांग्रेसको आधिकारिक धारणा के हो? थाहा छैन। अर्कोतर्फ सरकारसँग असन्तुष्टि भए महामन्त्रीजस्ता नेता पार्टी निर्माणमा लाग्नुपर्ने हो। तर, दुई महिनामा राख्नु पर्ने केन्द्रीय कार्यसमिति बैठक बल्ल बैशाख १७ गतेका लागि बोलाइएको थियो।

त्यो पनि अनिश्चितकालका लागि स्थगित भएको छ। यही बीचमा देउवा पक्षकै नेताहरु आगामी महाधिवेशन तयारीका लागि गुटबन्दीमा लागेका छन्। एकातर्फ पार्टी लथालिंग अर्कोतर्फ सरकार सञ्चालनमा पनि फेल। कांग्रेसका यिनै रवैयाले एमालेसमेत वाक्क भइरहेको छ।

खासमा अहिले सरकार एकलौटी चलेको र संयन्त्रका सुझाव समेत नसुकेको मुख्य आरोप छ। यसबारे देउवाले ओलीसँग निर्णायक छलफल गर्ने पनि भनेका छन्। तर, त्यो छलफल भएको बुझिएको छैन।

सरकार गलत बाटोमा गइरहेको भए कांग्रेसले सरकार छाड्नेसम्मका धम्की दिने भन्दा पनि निर्णय नै लिन सक्नुपर्छ। होइन भने सत्ताको दोष बोक्न कांग्रेस पनि तयार हुनुपर्छ। एमाले र प्रधानमन्त्रीमा मात्रै खोट देखाएर पन्छिने र मनलाग्दी बोल्दै हिँड्ने छुट कांग्रेसलाई किमार्थ छैन।