हुम्लामा चार महिनापछि सञ्चालनमा आयो यारी नाका भन्सार

‘तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो,कार्यालय आइतबारदेखि फेरि सञ्चालनमा आएको छण्द्दज्ञड, कार्यालय प्रमुख जैसीले बताए।
सदरमुकामबाट यारी नाका भन्सार कार्यालय जान नारा लेख काटेर जानुपर्ने हुन्छ। हिमपात हुने समयमा उक्त सडकखण्ड पूर्ण रुपमा बन्द हुन्छ।
नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालमा आउने अपेक्षा गरिएको छ। यातायात सेवा सञ्चालनमा आए ताक्लाकोटबाट पनि सामान आयात पुनः शुरु हुनेछ।रासस