मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं। मन्त्रिपरिषदको बैठक बस्दैछ। बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आजको बैठक नियमित भए पनि निकै महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ। आजको बैठकले शिक्षकदेखि चिकित्सकका मागको बारेमा सम्बोधन गर्ने जनाइएको छ।
यस्तै आजको बैठकले राष्ट्र बैंकको नयाँ गभर्नरको नियुक्ति गर्ने सम्भावना पनि छ। नयाँ गभर्नर नियुक्तिमा राजनीतिक सहमति भइसकेको नेताहरूले बताएका छन्। गभर्नर पद भने २४ चैतपछि रिक्त छ।
यसैगरी प्रहरीका ६ जना प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० नियुक्त गर्ने छ। गत साता गृहमन्त्रालयले पाँच डीआईजीलाई एआईजीमा बढुवाको सिफारिस गरेको थियो।
गृहले डीआईजीहरू चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डाक्टर मनोजकुमार केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। आजको बैठकले उनीहरुलाई एआईजीमा नियुक्त गर्ने जनाएको छ।