शिक्षक आन्दोलनमा सरकारले दमन गर्यो: माओवादी
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाएको छ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव जनार्दन शर्माले सरकारले शिक्षकहरूको माग पूरा गर्नुको सट्टा अश्रुग्यास, पानीको फोहरा, लाठी प्रहार गरेर दमन गरेको आरोप लगाएका हुन्।
संविधान निर्माणसँगै नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्ने भए पनि अहिलेसम्म नबनेकोमा उनले असन्तुष्टि जनाए। विगतमा सरकारहरूले शिक्षकसँग गरेको सम्झौता कार्यान्वयन नगरेर धोखा दिएको शर्माको भनाई छ।