आज मिति २०८२ साल बैशाख १६ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । अरूका लागि बुद्धि खर्चनुपर्नेछ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । बिना प्रतिस्पर्धा धन लाभ हुनेछ । आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । तर, बलजफ्ती गर्दा हानि हुन सक्छ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ । अतिथिको रूपमा सम्मान पाइएला ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । प्रेम र मित्रताको बन्धन कसिने समय छ । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु होला । मध्याह्नपछि व्यवसायिक काममा खर्च बढ्नेछ। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यवसायमा राम्रै फाइदा हुनेछ । ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ। तर, स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसरवादीहरूले झुक्याउन सक्छन् । अन्न लाभ पनि हुने देखिन्छ । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । कमजोर मानसिकताले पछि परिनेछ । घरेलु समस्याले सताएपनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन् ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- हिम्मतले काम बनाउन सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । कमजोरी लुकाउँदा पछि परिनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने मौका छ । बेसुरमा बचन दिनाले दुख पाइनेछ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ । साथै टाढाको यात्राको पनि योग रहेको छ । शुभचिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन् । भौतिक साधन प्राप्त हुनेछन् । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । स्वास्थ्य पनि कमजोर बन्न सक्छ । आश्वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । दिन सामान्य नै छ । आम्दानी बढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन् । हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन् । नसोचेको धन लाभ हुन सक्छ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापारमा मनग्य धन लाभ हुनेछ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् । प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुन सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ।