स्वास्थ्य बीमालाई निरन्तरता दिन ४० अर्ब बजेट चाहिन्छ: मन्त्री पौडेल
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न आवश्यक रहेको बताएका छन्।
अगामी आर्थिक वर्षको बजेटबारे सोमवार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले यस्तो बताएका छन्। उनले गत आर्थिक वर्षमा साढे सात अर्ब रुपैयाँ मात्र बजेट पर्याप्त नभएको बताए।
उनका अनुसार त्यतिबेला अस्पतालहरूले बीमा बोर्डबाट पाउनुपर्ने बक्यौता मात्रै १६ अर्ब रुपैयाँ रहेको थियो। उनलेबक्यौता तिर्नेगरी बजेट विनियोजन नहुने हो भने बीमा कसरी चल्छरु भन्दै प्रश्न गरे।
उनले चालु आर्थिक वर्षमा महिनाको औषत खर्च २ अर्ब रुपैयाँको दरले १२ महिनाको २४ अर्ब खर्च हुने अनुमान रहेको बताए।
गत वर्षको बाँकी १३ अर्ब रुपैयाँ बक्यौतासमेत समावेश गर्दा कुल ३७ अर्ब पुग्ने उल्लेख गर्दै मन्त्री पौडेलले बीमा बोर्डको सञ्चालन खर्च पनि जोडेर कुल ४० अर्ब रुपैयाँ आवश्यक पर्ने स्पष्ट पारे।