शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु

काठमाडौं। शिक्षक महासङ्घ र सरकारबीच वार्ता सुरु भएको छ। शिक्षक महासंघको टोली मन्त्रालय पुगेको छ। महासङ्घका महासचिव तुलाबहादुर थापाका अनुसार वार्ताका लागि शिक्षक नेता शिक्षा मन्त्रालय पुगेका छन्।

शिक्षा मन्त्रालयले दिउँसो ३ बजे वार्तामा बोलाएको थियो। शिक्षकहरूको बैठक लम्बिँदा वार्ता ५ घण्टा ढिलो सुरु भएको हो। यसअघि सोमबार दुई चरणमा शिक्षक र सरकारका प्रतिनिधिबीच वार्ता भएको थियो। वार्ता सकारात्मक रहेको सरकारी पक्षको भनाइ थियो।