कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दल र कार्यसमितिको बैठक आज बस्दै छ।

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो।

बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत समसामयिक विषयमा छलफल हुने सांसद रामहरी खतिवडाले जानकारी दिए।