दुर्गा प्रसाईँको रिट न्यायाधीशद्वय फुयाँल र ढुङ्गानाको इजलासमा

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

रिहाइको माग गर्दै दायर रिटमा सुनुवाइका लागि न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईँलाई रिहाईको माग गर्दै उनका छोरा निराजन प्रसाईँले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए।

सोमबार पनि उक्त मुद्दा पेसीमा चढे पनि ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा परेको थियो।

उक्त रिटमा असोज ८ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको थियो।