दर्शन :यान्त्रिक भौतिकवाद

यस दार्शनिक आलेखमा सबैले बुझ्ने गरी यान्त्रिक भौतिकवादका विषयवस्तु संक्षिप्त्त रुपमा।,,, प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । वास्तवमा यान्त्रिक भौतिकवाद भनेको के हो ? भन्ने प्रश्न नै यस दार्शनिक  आलेखको विषयवस्तु हुनेछ ।
       
यान्त्रिक भौतिकवाद पुँजीपतिवर्गको दर्शन हो । यसले पुँजीपतिवर्गको सेवा गर्दै आएको छ । यान्त्रिक भौतिकवादी दर्शन मध्ययुगीन सामन्तवादी विश्वदृष्टिकोण , इतिहासको ज्ञान सम्बन्धि र धर्मदर्शनका विरुद्ध संघर्ष गर्दै विकसित भएको हो ।
   
यान्त्रिक भौतिकवादी दर्शनले पदार्थलाई पहिलो र चेतनालाई दोस्रो मान्दछ ।ज्ञानसिध्दान्तको क्षेत्रमा यो सत्रौं शताब्दीमा अनुववादी र अठारौं शताब्दीमा बुध्दिवादी बन्दै गएको पाइन्छ ।
 
इतिहास , समाज र राजनीतिको क्षेत्रमा यान्त्रिक भौतिकवादी दर्शनले स्वतन्त्रता , समानता र भातृत्वको धारणा प्रस्तुत गरेको छ । यो दर्शन पुँजीवादी जनवादी विचारधारामा आधारित छ ।
 
यसै अनुरुप सन १७८९ मा सम्पन्न फ्रान्सेली राज्य क्रान्तिको बेला स्वतन्त्रता , समानता र भातृत्वको नारा दिइएको थियो ।
 
फ्रान्सेली राज्य क्रान्ति विश्व मै पहिलोपटक सामन्तवादी राज्य व्यवस्थालाई अन्त्य गरेर पुँजीवादी राज्य व्यवस्था स्थापना गरेको थियो ।
 
यद्यपि बेलायतमा फ्रान्सेली राज्य क्रान्ति भन्दा पहिले नै पुँजीवादको विकास हुँदै गएको भए पनि राज्य व्यवस्था चाहैिँ सामन्तवादी शासन प्रणाली अन्तर्गत सञ्चालनमा थियो ।
     
यो दर्शन सिध्दान्तका क्षेत्रमा काल्पनिक समाजवादसंग जोडिन पुगेको छ। आचार सिध्दान्तको क्षेत्रमा यो दर्शन सुखवादी,उपयोगीतावादी हुँदै मानवतावादतर्फ उन्मुख रहेको छ।
 
सौर्न्दर्य चिन्तनको क्षेत्रमा यान्त्रिक भौतिकवादी दर्शनले सुखवाद , आनन्दवाद र संगतिको सि्दान्तलाई ग्रहण गर्दै आएको छ ।  यान्त्रिक भौतिकवादको आदर्श फ्रान्सको राज्य क्रान्तिमा अभिव्यक्त भएको थियोे ।
 
 यान्त्रिक भौतिकवादले सामन्तवादका विरुद्धको वैचारिक संघर्षमा उल्लेखनीय भूमिका खेलेको भए पनि यसका कैयौं सीमा र कम्जोरीहरु रहेका छन् । यान्त्रिक भौतिकवादले विश्वको यान्त्रिक तस्बिर प्रस्तुत गर्दछ ।
 
यान्त्रिक भौतिकवादले पदार्थलाई पहिलो र चेतनालाई दोस्रो मान्दछ तर त्यस धाराका कतिपय विचारकहरुले के कुरा स्वीकार गर्दछन् भने पदार्थमा विद्यमान गति पदार्थ स्वयंको आन्तरिक गति होइन कुनै बाह्य शक्ति ईश्वर आदिद्वारा प्रदत्त गति हो भन्ने ठान्दछन्।
 
यान्त्रिक भौतिकवादी मान्यता अनुसार वस्तुजगत आफैमा विद्यमान गति अर्थात् आन्तरिक अन्तर्विरोधको प्रक्रियाबाट विकसित भएको होइन ,अपितु  एकाएक कुनै शक्तिद्वारा बनिबनाउ रुपमा अस्तित्वमा आएको हो ।र यो चक्राकार गतिमा घकिरहन्छ ।
 
समग्र वस्तुजगत आकाशीय पिण्ड , प्राणीजगत,मानव जीवन एवं समाज सबै यन्त्र हुन् र ती कुनै बाह्य शक्तिद्वारा चालित छन्। जसरी बाह्य शक्तिद्वारा गति दिएपछि घडी चल्छ , ड्राइभरले हांकेपछि मोटर गुड्छ , जगत र जीवन पनि यस्तै छन्। कैयौं यान्त्रिक भौतिकवादीहरु यस्ता छन् जसले वस्तुलाई सारमा हैन दृश्यरुप अर्थात् आभासमा मात्र बुझ्दछन् ।
 
यस्तै यान्त्रिक भौतिकवाद सामाजिक जीवन , मानिसको व्यवहारिक क्रियाकलाप र समाजको ऐतिहासिक विकास प्रक्रियालाई सही ढंगले बुझ्न र तिनलाई गति दिन असमर्थ रहेका छन् । केही यान्त्रिक भौतिकवादीहरु नैतिक सिध्दान्तको क्षेत्रमा धार्मिक पनि रहेका छन् । अन्ततः यान्त्रिक भौतिकवादी दर्शन आदर्शवादी रहेको छ ।
     
कार्ल मार्क्स ( १८१८- १८८३ )   को द्वन्द्वात्मक भौतिकवाद यस प्रकारका यान्त्रिक भौतिकवादका विरुद्ध खडा छ। यान्त्रिक भौतिकवादका तमाम कमी तथा कम्जोरीहरुका विरुद्धको संघर्षको प्रक्रियामा द्वन्द्वात्मक भौतिकवादको विकास भएको हो । मार्क्सको दर्शन द्वन्द्वात्मक भौतिकवाद हो। द्वन्द्वात्मक भौतिकवाद विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोण हो।
     
( लेखक : वरिष्ठ मार्क्सवादी चिन्तक , लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुनुहुन्छ ) ।