मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ। बैठक आज बेलुका ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने भएको हो।

आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछन्।

लामो समयदेखि मन्त्रालयगत प्रस्तावहरूमाथि छलफल हुन नपाएकोले आजको बैठक आकस्मिक भन्दा पनि नियमित प्रस्तावहरूमाथि नै बढी केन्द्रित रहने जनाइको छ।