राष्ट्र बैंकमा जागिर खुल्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै रक्षक, सिपाही, पिपा, सवारी चालक र खरिद अधिकृत माग गरेको हो।

सूचना अनुसार रक्षकका लागि एसईई वा सो सरह उत्तीर्ण गरेकाले आवेदन दिन सक्ने छन्। यस्तै, सिपाही, पिपा र सवारी चालकका लागि आठ कक्षा पासले आवेदन दिन पाउने छन्।

हेर्नुहोस् सूचना