आज मिति २०८१ साल असोज १९ गते शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीको दर्शन गरि राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ-आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ। अधुरा काम बन्ने छन् । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला । अधुरा काम बन्ने र नयाँ काम पाइनेछ । प्रेममा सफलता मिल्ने समय छ ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो-रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । प्रयास गर्दा प्रेममा सफलता पाउने र बैवाहिक बन्धन प्राप्तीको योग पनि छ । बोलीको प्रभाव बढ्नुका साथै मान सम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धन लाभ पनि होला ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा-कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा भने समस्या आउन सक्छ । गलत विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने र खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला । कडा प्रायस गरेपनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो-मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ । व्यापारमा सफलताले मन रमाउनेछ । धन मनग्य कमाउने अवसर मिल्नेछ। धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । अरुले आदर गर्नेछन् । मान सम्मान मिलेपनि मनमा डर रहने छ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो-काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । ठूला व्यक्तिको आशा र भरोसा पनि तपाई प्रति रहनेछ । बोल्दा धेरै कामहरु सहज हुनेछन् । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । दिन सुखमय बित्ने देखिन्छ । पढाइ लेखाइमा प्रगति हुनेछ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो-सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोग र नयाँ मित्रको आगमनले अन्तत आफ्नो मन प्रसन्न हुनेछ, अन्य विविध फाइदा पनि हुन सक्छ । पढाइ लेखाइमा रुची बढ्नेछ । आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ। समय मनोरञ्जनपूर्ण रहनेछ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते-खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिश्रमले आफ्नो लक्ष्य पुरा गर्न सकिनेछ । नोकरी र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नुपर्ने छ । पारिवारिक समस्याले पिरोलेता पनि विस्तारै समाधान तिर उन्मुख हुनेछ । अनावश्यक झमेलामा परिएला । आज केहि हानि हुन सक्छ, सावधान रहनु होला ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु-घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन्। नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाडी बढ्न सकिनेछ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ । पुराना साथिसँगीसँग भेटघाट गर्ने अवसर जुट्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे-अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि-कमाइ रामै्रसँग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ । बौद्धिक कार्यबाट धन लाभ हुनेछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा-स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । समय त्यति राम्रो छैन, गलत विचार बढ्ने छ । समयमा सहि निर्णय गर्न सकिदैन । सुख सुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव श्रृजना गर्नेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि-आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । अन्य बन्न लागेको काम बिग्रन सक्छ । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पढाइ लेखाइमा प्रगति हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ।