गाडिएको अवस्थामा मानव कङ्काल फेला,चार जना पक्राउ

झापा। झापाको बाह्रदशीमा खोलामा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ ।

बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको पश्चिम किनारमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको हो।

गत जेठ १५ गते बाह्रदशी–५ फूलाबारीका २२ वर्षीय राजेश हजाम बेपत्ता भएका थिए । उनी सम्पर्कविहीन भएपछि उनका बुबा भीम हजामले इलाका प्रहरी कार्यालय अनारमनीमा जेठ १८ गते निवेदन दिएका थिए ।

बेपत्ता हजामको खोजी गर्ने क्रममा कङ्काल भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

उनका अनुसार बिरिङ खोला किनारमा भेटिएको शव राजेशकै भएको उनका परिवारले सनाखत गरेको छ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले बाह्रदशी–७ का ३१ वर्षीय समीर राजवंशी, २१ वर्षीय आशिष थापा, २० वर्षीया मुना मेचे ९राजवंशी० र १६ वर्षीय नरेश राजवंशीलाई नियन्त्रणमा लिएको छ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।