खानेपानी मन्त्रालयलाई हर्क सम्पाङको पत्र-लौन सरकार खत्रा लाग्नुपर्यो
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग गर्दै सिंहदरबारस्थित खानेपानी मन्त्रालयलाई पत्र लेखेका छन्।
धरानको फोहोर जंगलमा फ्याँक्नुपर्ने बाध्यता रहेको भन्दै उनले पत्रमा फोहोर बिसर्जन व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको उल्लेख गरेका छन ।
उनले बोलीचालीकै भाषामा भनेका छन्, ‘धरानको फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु प¥यो ।’
वर्षाको बेला जंगलमा फालिएको फोहोर बगेर तल्लो भेगमा पुग्ने गरेको छ । सुक्खायाममा फोहोर जलाउँदा जंगलमा डढेलो लाग्ने गर्दछ ।
तार घेरा लगाउन खोज्दा वन कार्यालयका कर्मचारीहरु आएर भत्काइदिने गरेको गुनासो पनि उनको छ । यो विषयमा पत्र पठाएको पनि धेरै भइसकेको मेयर राईले पत्रमा उल्लेख गरेका छन् ।
अर्थ र वन मन्त्रालयलाई बोधार्थ दिइएको पत्रमा उनले फोहोर बिसर्जन गर्ने ल्याण्डफिल्ड साइट बनाउन सुरु गर्नुअघिको प्रक्रिया लामो भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
‘अध्ययन गर्ने भन्छन् । कति लामो अध्ययन हो रु कति वर्षे कोर्ष हो रु’ मेयर राईले पत्रमा लेखेका छन्,जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ। हाम्रो सरकार र कानुनलाई प्रक्रिया माथि प्रक्रिया अध्ययनै अध्ययन मात्रै चाहिएको छ ।’
साथै उनले अन्त्यमा ‘लौन सरकार खत्रा लाग्नुप¥यो । सेवा ढोग गरेँ फेरि पनि’ भन्दै पत्र टुंग्याएका छन्।