श्रमिकको मुद्दा साझा समस्याको रूपमा देखिएको छ: मन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरू कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याको रूपमा रहेको बताएका छन्।

आज काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको २६ औँ क्षेत्रीय परिषद्को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले श्रमिकका मुद्दाहरू विश्वव्यापी साझा समस्याको रूपमा रहेको भन्दै यस्ता समस्या सामूहिक प्रयासबाट मात्रै समाधान गर्न सकिने बताए।

उनले भने,श्रमिकका मुद्दाहरू कुनै एउटा मुलुकको मात्र नभएर विश्वव्यापी साझा समस्याको रूपमा रहेका छन्। सामूहिक प्रयासबाट मात्रै त्यस्ता समस्याहरू समाधान गर्न सकिन्छ भन्ने मलाई विश्वास छ ।