दिनप्रतिदिन अन्तर्राष्ट्रिय दबाब र चलखेल बढ्दै: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल नयाँ शीतयुद्धको ‘इपिसेन्टर’ बन्ने खतरा रहेको औँल्याएका छन् ।

आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले दक्षिण एसियामा नै विगत केही समयदेखि ठुलो राजनीतिक अस्थिरताको भुमरीमा जस्तो सरकार बन्ने र भत्किने क्रम जस्तो किसिमले देखा परेको उल्लेख गरे । उनले यसमा श्रीलंका र बंगलादेशको उदाहरण प्रस्तुत गरे ।

उनले नेपालमा चाहिँ सरकार परिवर्तन हुने विषयमा आन्तरिक कारण प्रधान रहेको स्पष्ट परो । ‘हाम्रोमा चाहिँ हाम्रै मौलिकतामा छ भन्छु म । हाम्रोमा समीकरण बन्ने र भत्किने कुरा अन्तर्राष्ट्रिय कारणले भयो भनेर भन्नु अत्युक्ति हुन्छ ।

यो हाम्रो आन्तरिक राजनीतिक डाइनामिक्सका कारणले भएको छ। तर, दिनप्रतिदिन अन्तर्राष्ट्रिय दबाब र चलखेल बढ्दै जाने आङ्कलन गर्न सकिन्छ ।

प्रचण्डले विश्व परिस्थिति नयाँ ढङ्गले अघि बढेको जिकिर गरे। केहीले तेस्रो विश्वयुद्ध सुरु भइनै सक्यो भनेर प्रचार गरिरहेको र ठुलै राजनीतिज्ञहरूले तेस्रो विश्वयुद्धको संघारमा रहेको भन्न थालेको सुनाए ।

यसको असर सबैतिर परेको उनको भनाई छ । ‘हाम्रो देशको अवस्थितिको कारणले, चीन र भारतजस्ता विशाल छिमेकीको बिचमा हुनुको कारणले विगतदेखि हामीसँग चुनौती र अवसर पनि रहँदै आएका छन् ।

यो बिचमा चुनौती बढ्दै गएको अनुभूति गरेका छौँ । विश्वमा आर्थिक शक्ति र विश्व शक्ति बन्ने प्रतिस्पर्धामा चीन र अमेरिका सबैभन्दा अगाडि छन्। रुस पनि सुपरपावरको हैसियत गुम्न नदिनका लागि प्रयास गर्ने कुरा पनि स्वाभाविक छ।