आज मिति २०८१ साल असोज २४ गते बिहीबार पाथिभरा माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ-छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिएपनि समाधान भने हुनेछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ । पति र पत्नीबीच असमझदारी बढ्न सक्छ । आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो-आय आर्जन बढ्ने र उठ्नु पर्ने रकम हात लागि हुने समय छ । पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनु होला ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा-नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । धर्म कर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । गरेको यात्रा उपलब्धी मूलक बन्नेछ र काममा उत्साह जाग्नेछ। सन्तानबाट सुख मिल्नेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो-वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नयाँ काम बन्नेछ । परिश्रमको राम्रो मूल्यांकन हुनेछ । वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे-खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिने छन् ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो-विशेष सभा समारोहमा भाग लिने मौका छ । मान सम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते-प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु-स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनु होला ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे-कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आर्थिक अभावले भने अलि सताउनेछ । व्यवसायमा केही उतार चढाव आउला । पेट र छाती सम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि-चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । कुटुम्बको सहयोग प्राप्त होला । व्यापार व्यवसायमा विस्तार हुनेछ । कृषि कर्म र चौपायाबाट पनि प्रशस्त लाभ हुनेछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा-गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । बौद्धिक पक्ष सबल बन्नुका साथै मान सम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि-टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । साथै, धनजनको आर्जन होला । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । यात्राको योग छ । रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ।