राँगोले हानेर एक जनाको मृत्यु

पोखरा । पोखरामा राँगोले हानेर एक जनाको मृत्यु भएको छ।

पोखरा ३३ का धनन्जय आचार्यको आफ्नै दाजुको भैँसी फर्ममा गएका बेला राँगोले हानेर मृत्यु भएको हो। उनी मंगलबार दाजु अन्यत्रै गएका बेला घाँसपानीका लागि फर्ममा गएका थिए।

सिर्जना बोर्डिङ स्कुल र जनचेतना माविका शिक्षक समेत रहेका ३७ वर्षका आचार्य पोखरा १७ बिरौटा बस्दै आएका थिए।

राँगोले हानेर उनको शव क्षतविक्षत अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ। मंगलबार नै शवको पोस्टमार्टम गरी अन्त्येष्टि समेत गरिसकिएको पारिवारिक श्रोतले जनाएको छ।