खोटाङबाट काठमाडौं आउँदै गरेको सुमो बीपी राजमार्गमा पहिरोले पुरियो

सिन्धुपाल्चोक । बीपी राजमार्ग सुक्खा पहिरो खसेर गाडी पुरिएपछि फेरि पूर्णरुपमा अवरुद्ध भएको छ। पहिरोमा पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको प्रहरीले जनाएको छ।

काभ्रेको रोशी गाउँपालिका–११ स्थित पिप्लेमा सुक्खा पहिरोले खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना।१ज। ६८१७ नम्बरको सुमो पुरेको छ।

यस्तै, सिन्धुलीबाट काठमाडौं जाँदै गरेको बा.४ ख. ४३५२ नम्बरको बसलाई समेत सोही पहिरोले रोशी खोलामा धकेलेको छ।

माथिबाट सुक्खा पहिरो झरिरहेकाले बाटो खुलाउन असहज भएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

सुनकोशी र रोशी खोलाले क्षति पुर्याएको बीपी राजमार्ग ठाउँ–ठाउँमा डाइभर्ट गरी आज बिहानबाट आठ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो।

तर, केहीबेरमै सुक्खा पहिरो खसेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको काभ्रे प्रहरी प्रमुख बसुन्धरा खड्काले बताइन् । उनका अनुसार राजमार्ग खुलाउने प्रयास भइरहेको छ । केही समयपछि सडक ख्ुल्न सक्ने उनको भनाइ छ ।

पहिरोमा पुरिएको सुमोको पछाडिको भाग मात्र देखिएको छ। तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। सो सडकमा यात्रा नगर्न पनि प्रहरीले अनुरोध गरेको छ।