डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, १२ घाइते

धनगढी । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । गएराति अमरगढी नगरपालिका–७ को खसरेखानमा पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुईदिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको छ।

बस महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको थियो । दुर्घटनामा घाइते भएका १२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। बसमा १७ जना सवार रहेकोमा एकजना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।