भण्डारखालमा एक युवक मृत भेटिए

सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको गौशालास्थित भण्डारखालमा एक २६ वर्षीय युवक मृत अवस्थामा भेटिएका छन् । गौसला प्रहरीका अनुसार ओखलढुंगा घर भई जयबागेश्वरीमा डेरा गरी बस्ने लोकनाथ पोखरेल मृत भेटिएका हुन् ।

घाँटीमा डोरीको पासो लगाई रुखमा झुन्डिएको अवस्थामा उनी फेला परेको प्रहरी वृत्त गौशालाका डिएसपी शुकदेव खनालले बताए ।

मृतकका आफन्तहरू राति आफ्नो मान्छे हराएको भन्दै कार्यालयमा आएपछि खोजी गरिएको उनले बताए। बिहान मर्निङ वाक गर्नेहरूले रुखमा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

डेरामा मदिरा सेवन गर्ने क्रममा आफन्तसँग झगडा गर्दै बेलुकी ८ बजेदेखि उनी हराएको बताइएको छ । मदिरा थप्ने निहुँमा झगडा परेर उनी डेराबाट निस्किएका थिए। प्रहरीका अनुसार उनी ओखलढुंगा, मोलुङ गाउँपालिका ५ का बासिन्दा हुन्।