गोकर्णमा एक पुरुष मृत भेटिए

सांकेतिक तस्बिर

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ गोकर्णस्थित माइती नेपाल चोकस्थित प्रतीक्षालयमा एक पुरुष मृत भेटिएका छन्।

अन्दाजी ५० वर्षीय पुरुष आज बिहान मृत भेटिएका हुन्। प्रहरीका अनुसार मृतकको नाम, थर र वतन खुलेको छैन।

प्रतीक्षालयमा मृत भेटिएका पुरुषको शव घटनास्थल मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।