सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन २ हजार बढ्यो

काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार)सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ।

छापावाला सुन एकैदिन प्रतितोला २ हजारले बढेर १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो।

बिहीबार सुनको मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ रहेको थियो। आजका लागि निर्धारित मूल्य हालसम्मकै सबैभन्दा धेरै हो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँ बढेर एक हजार ९ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बिहीबार यसको मूल्य १ हजार ९ सय ५० रुपैयाँ थियो।