रास्वपा सभापति रवि लामिछाने पक्राउ

फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । शुक्रबार साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेको हो ।

काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले कास्की लाने तयारी गरेको छ । सभापति लामिछानेविरुद्ध कास्की प्रहरीमा उजुरी परेकाले उनलाई पोखरा लान लागेको हो ।

पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको प्रतिवेदनका आधारमा १६ असोज २०८० मै गितेन्द्रबाबु ९जिबी० राई, कुमार रम्तेलसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसमा एक अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।

२२ माघ २०८० मा सभापति लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा फेरि पुरक जाहेरी परेको थियो ।

एमाले सांसद् सूर्य थापाको नेतृत्वमा १५ जेठमा सहकारी समस्याबारे छानबिन गर्न एमाले सांसद् सुर्य थापाको नेतृत्वमा संसदीय विशेष समितिले लामिछानेमाथि पनि अनुसन्धान गर्नुपर्ने सुझाबसहित ४ असोज २०८१ मा प्रतिवेदन बुझाएको थिए ।

प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै कास्की प्रहरीले यो मामलामा अनुसन्धान अघि बढाएको थियो।