रास्वपाको प्रदर्शनलाई नियन्त्रणमा लिन पोखरामा निषेधाज्ञा जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई मध्यनजर गर्दै पोखरामा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो ।

शहिदचोक आसपासका क्षेत्र पूर्वतर्फ वाई चोक (उत्तरपूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणमा मुस्ताङ चोक ९दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाईड० मा निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै गैह्रापाट आसपासका क्षेत्र पालिखेचोकदेखि नवीन माविसम्मको सडक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । उनले ५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएका छन्।