बाजुरामा छेडेदह गोल्डकप सुरु

बाजुरा । खप्तड छेडेदह गाउँपालिकाको आटीचौरमा शनिबारदेखि छैटौँ छेडेदह गोल्ड कप सुरु भएको छ । छेडेदह स्पोर्टस् क्लबको आयोजनामा प्रतियोगिता भएको हो।

प्रतियोगितामा १० टिम सहभागी छन्। प्रतियोगितामा प्रथम हुने टोलीलाई रु तीन लाख र उपविजेतालाई रु दुई लाख प्रदान गरिने छ। खप्तड छेडेदह गाउँपालिका–७ आटीचौरमा २०७६ सालदेखि हरेक वर्ष यो प्रतियोगिता आयोजना हुँदै आएको छ।

प्रतियोगिताको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य पदमबहादुर शाहीले खेल क्षेत्रको विकासका लागि पालिकाले हरेक साझा नीति तथा कार्यक्रम बनाउन आवश्यक रहेको बताए।