कक्षा १२ को पूरक परीक्षा नतिजा सार्वजनिक

काठमाडौं । कक्षा–१२ को पूरक परीक्षाको परीक्षाफल प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डको निर्णयानुसार आज परीक्षा नतिजा प्रकाशित गरेको हो।

परीक्षा बोर्डका अनुसार परीक्षार्थी संख्या एक लाख २२ हजार एक सय ७१ जना थिए । त्यसमध्ये ८६ हजार दुई सय ४६ जना अर्थात् ७०.६० प्रतिशत ग्रेड प्राप्त गरेका छन्।

२ जनाको परीक्षाफल रद्द गरिएको र ३ जनाको परीक्षाफल स्थगित गरिएको परीक्षा बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीद्वारा २०८१ साल भदौ २५ र २६ गते कक्षा १२ को मौका परीक्षा सञ्चालन भएको थियो ।