संसदीय समितिका सभापति र दलका प्रमुख सचेतकलाई सभामुखले छलफलमा बोलाए

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्।

सभामुख घिमिरेले विधेयकमा दफाबार छलफल अघि बढाउने विषयमा छलफल गर्न संसदीय समितिका सभापति र दलका प्रमुख सचेतकहरूलाई आज बिहान साढे ११ बजे बोलाएका हुन्।

संसद्को आगामी अधिवेशनमा बिजनेस अभाव नहोस् भनेर सभामुखले सभापतिहरूलाई अहिले बिहान ११ः३० बजे छलफलमा बोलाएको उनका सचिवालयले जनाएको छ ।

अधिवेशन नभएको अवस्थामा सांसदहरू उपत्यकाबाहिर हुने र समितिको बैठकमा गणपूरक संख्या (कोरम) पु¥याउन पनि कठिन भएको गुनासो सम्बन्धित समितिका सभापतिहरूले सभामुखसँग गरेका छन्।

त्यसैले आज सभामुखले दफाबार छलफलका लागि विधेयक रहेका राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिका सभापतिहरूसहित प्रमुख दलका प्रमुख सचेतकहरूसँग बैठक गर्न लागेका हुन्।