प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलको बैठक
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ।
बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।