रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

फाइल तस्वीर

पाेखरा । कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।