दाना चक्रवातको प्रभाव: पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं।हाल देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात `दाना´ को अंशको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यी दुइटा प्रणालीको प्रभावले शनिबार बिहान कोशी प्रदेशमा आंशिकतदेखि साधारणतया बदली रहेको र अरू प्रदेशहरूमा आंशिक प्रभाव रहेको पनि महाशाखाले जनाएको छ।

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखी साधारणतया बदली र बांकी भूभागमा आंशिकखी मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

शनिबार राति पनि कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

राति कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।