आजदेखि केरुङ नाका सञ्चालनमा आउँदै

काठमाडौं । अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा ल्याइँदै छ ।

अविरल वर्षाले क्षति पु¥याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याउन लागिएको हो ।

चिनियाँ पक्षले सडक मर्मत गरी आजबाट सञ्चालनमा ल्याउने जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए ।

रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरूद्व भएको थियो । सडक अवरूद्ध भएपछि चिनियाँ मालसामान ढुवानी गर्ने सवारीसाधन टिमुरे क्षेत्रमै रहेका छन्।