दीपावली मनाइरहेका एकै परिवारका ३ जनामाथि गोली प्रहार, २ जनाको मृत्यु

काठमाडौं । भारतमा दिपावली मनाइरहेका एकै परिवारका तीन जनामाथि गोली प्रहार हुँदा २ जनाको मृत्यु भएको छ।

दिल्लीको शाहदरा क्षेत्रमा बिहीबार रातको ८ बजेतिर दिपावली मनाइरहेका एकै परिवारका ३ जनामाथि गोली प्रहार भएको हो ।गोली लागेर नाबालकसहित दुई जनाको मृत्यु भएको छ भने १० वर्षीय बालक घाइते भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा ४० वर्षीय आकाश शर्मा र उनका भतिज १६ वर्षीय ऋषभ रहेको शाहदराका डीसीपी प्रशान्त गौतमले जानकारी दिएका छन्।

आकाशका छोरा १० वर्षीय कृष शर्मा भने घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।