त्रिभुवन विमानस्थलबाट ५ किलो सुन बरामद, ३ विदेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुनसहित तीन जना पक्राउ परेका छन् ।

मंगलबार साँझ एयर अरेबियाको उडान नं.जी ९५३० मा शारजाहबाट काठमाडौं आएका चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू लाई ५ किलो ७ सय ग्राम सुन सहित पक्राउ गरिएको हो ।

उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच)गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुनसहित पक्राउ गरिएको नेपाल सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

नियन्त्रणमा लिईएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।