दीपक मनाङेलाई कारागार चलान गरिँदै
काठमाडौं । काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका सांसद राजिब गुरूङ (दीपक मनाङे)लाई नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा ल्याइएको छ।
सिआइबीले उनलाई आज बिहान काठमाडौंको सानो भ¥याङस्थित द कम्फर्ट अपार्टमेन्टबाट पक्राउ गरेको हो।
अदालतमा उपस्थित गराएपछि दीपक मनाङेलाई कारागार चलान गरिने भएको छ।
सीआईबी प्रमुख दीपक थापाले मनाङेलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर आजै कारागार चलान गर्ने बताए।
दिपक मनाङेलाई सर्वोच्च अदालतले यही कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।
न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो।
सर्वोच्चले दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो भने मनाङे फरार भएका थिए । मनाङले यही मुद्दामा केही समय जेल सजाय भोगिसकेका छन्।