यू-१९ महिला टी-२० छनोट: कुवेतविरुद्ध नेपालको शानदार जित

काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ।

कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शनमा नेपालले पराकिलो जित हात पारेको हो।

२१४ रनको विशाल लक्ष्य पछ्याएको कुवेतलाई नेपालले ४८ रनमै रनमा अलआउट ग¥यो । नेपालकी कप्तान महतोले ४ ओभरमा एक मेडन रख्दै ८ रन दिएर ५ विकेट लिइन् ।

नेपालकी रचना कुमारी र सीमाना केसीले दुई(दुई विकेट लिए ।
यस्तै, कुवेतकी जीफा जिलानीले ३६ रन बनाउनबाहेक कुनैपनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

यसअघि दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेट गुमाएर २१३ रनको विशाल योगफल बनाएको थियो ।

नेपालकी कप्तान पुजा महतो ६९ बलमा १७ चौका मद्दतमा १३० र सोनी पाख्रिनले दुई चौकासहित ४३ रनमा अविजित रहे।

उनीहरूले तेस्रो विकेटका लागि १५७ रनको साझेदारी गरे। सावित्रि धामी ११ र सान प्रविनले ६ रन जोडे। कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एक÷एक विकेट लिए।

प्रतियोगितामा पाँचमध्ये ४ खेल जितेको नेपालले यसअघि यूएईसँग मात्रै पराजित भएको छ। अब यूएईसँग बुधबार अन्तिम खेल खेल्ने छ।