प्रदेश सांसद दीपक मनाङे डिल्लिबजार कारागार चलान
काठमाडौं । गण्डकी प्रदेशका सांसद रहेका राजीव गुरुङ उर्फ दीपक मनाङेलाई डिल्लिबजार जेल चलान गरिएको छ।
काठमाडौंको सानो भर्याङस्थित द कम्फर्ट अपार्टमेन्टमा पुगेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरी कार्यालयमाल्याई कागजी प्रक्रियासाथ अदालतमा पेश गरिएको थियो ।
सीआईबीका अनुसार सर्वोच्च अदालतको फैसलाअनुसार कार्यान्वयन गरिएको हो । मनाङे ज्यान मार्ने उद्योग मुद्दामा कात्तिक २० गतेसर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए।
२०६९ सालमा तत्कालीन पुनरावेदन अदालत, पाटनले उनलाई चक्रे मिलनमाथि आक्रमणगरेको अभियोगमा पाँच वर्षको कैद सजाय सुनाएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पुनरावेदन अदालतको उक्त फैसला सदरगरेपछि मनाङे पुनः दोषी ठहर भएसँगै भुक्तान हुन बाँकी सजायका लागि जेल पठाइएको हो।
उनी हाँस्दै हास्ँदै जेलतिर लागेका छन्। यसअघि केही समय जेल बसेर छुटेका मनाङे २०७९ सालमा मंसिरमा भएको प्रदेश सभानिर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मनाङ ‘ख’बाट उनी निर्विरोध निर्वाचित भएका थिए।