सहकारी ठगी प्रकरण: भित्र रविको बयान,बाहिर सहकारी पीडितको आन्दोलन
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान जारी छ ।
रविको बयान चलिरहँदा बाहिर बुटवलको सुप्रिम सहकारीका पीडितहरूले आन्दोलन सुरु गरेका छन् । सहकारीका पीडितले भैरहवाको बर्मलि टोलमा प्रदर्शन गरेका हुन्।
उनीहरुले रकम फिर्ता गर, दोषीलाई कारबाही गर जस्ता नारा लगाएर आन्दोलन थालेका हुन्।
सहकारी पीडित संघर्ष समिति संयोजक विजय नेपालले पीडितहरूको आन्दोलन जारी रहेको बताए । उनले राज्यले जो दोषी भएपनि कारबाही गर्नुपर्ने बताए।
बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।