प्रधानमन्त्रीको भ्रमणअघि बेइजिङ जाँदै परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने भएका छन् । समकक्षी वाङ यी को निमन्त्रणमा उनी मंसिर दोस्रो साता चीन जान लागेका हुन् ।
उद्यपी उनको भ्रमण मिति तय भइनसकेको परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए ।
गत सोमबार नेपालका लागि चिनियाँ राजदूत छन सोङ परराष्ट्र मन्त्री राणालाई भेट्न परराष्ट्र मन्त्रालय पुगेका थिए ।
चीनले प्रधानमन्त्री केपी ओलीलाई यसअघि नै औपचारिक भ्रमणको निम्तो दिइसकेको छ।
प्रधानमन्त्री ओलीको भ्रमण आउँदो मंसिर १७ देखि २१ गतेसम्म तय भएको छ। प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री बेइजिङ जान लागेको बताइएको छ।