प्राधिकरणले जोड्यो काटिएका उद्योगको लाइन,पत्रकार सम्मेलन गर्दै कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कात्तिक ८ गते काटेका उद्योगहरूमा लाइन जोडेको छ। मन्त्रिपरिषद्को २४ घण्टे अल्टिमेटमपछि मंगलबार बोर्ड बैठक बसेर प्राधिरणले लाइन जोडेको हो।

मंगलबार रातिदेखि लाइन जोड्न क्षेत्रिय कार्यालयहरूलाई निर्देशन दिइएको प्राधिकरण प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए।

प्राधिकरणले पत्रकार सम्मेलन गरेर यसबारे थप जानकारी दिने तयारी गरेको छ। प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछन्।