रविलाई आज पोखरा लगिँदै
काठमाडौं । पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछालेनलाई आज रूपन्देहीबाट कास्कीको पोखरा लगिँदै छ।
जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा लामिछानेको लिखित बयान सकिएपछि पुनः कास्की लैजान लागिएको हो ।
रूपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जीतसिंह राठौरका अनुसार लामिछानेलाई कडा सुरक्षा घेरामा जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ।
सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा लामिछालेनलाई अनुसन्धानका लागि बुटवल झिकाइएको थियो।
सहकारीको रकम अपचलनमा लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।