मेयर बालेन भन्छन्: नेताहरूले पुरै देश बेचे पनि काठमाडौं एक्लै उभिनेछ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँको फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको बताएका छन्।

संघीय सरकारदेखि उपत्यका मेयर्स फोरमसम्मले फोहोर व्यवस्थापनमा अवरोध गरेको उनको आरोप छ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईँहरूले पुरै देशनै बेच्नुभो भने पनि काठमाडौँ एक्लै नेपाल भनेर उभिनेछ ।

उनले चुनावअघि काठमाडौंको फोहोर सम्बन्धी धेरै कुरा गरेको बताउँदै भनेका छन्, ‘चुनाव पहिले काठमाडौंको फोहोरसम्बन्धी धेरै कुरा गरेका थियौँ । आफ्ना योजना सुनाएका थियौँ ।

निर्वाचित भए पछि त्यही अनुसार हामीले धेरै विकल्पहरू हे¥यौँ। धेरै देशको व्यवस्थापन हे¥यौँ । पुराना, नयाँ प्रविधि हे¥यौँ । नेपालका सयौँ मान्छे र कम्पनीसँग भेट्यौँ ।

हाम्रो टोली इन्डिया, चीन, जापान लगायत धेरै ठाउँमा पुग्यो । तर हामीले भोगेको जस्तै समस्याबाट पार पाएको इन्दोर हाम्रा लागि उपयुक्त नमुना बन्न सक्ने देख्यौँ ।

आफ्नो योजना कार्यान्वयनतिर लाग्दा विभिन्न किसिमका अवरोधहरू सिर्जना गरिदिने काम भएको उनको भनाइ छ ।

नेपवेस्ट नामको कम्पनीले अवरोध सिर्जना गर्न मुद्दा दर्ता गरेको र सो कम्पनीलाई राज्यले संरक्षण गरेको उनको आरोप छ।