मंसिर महिनाका लागि ११ बैंकले ब्याजदर घटाए, राष्ट्रिय वाणिज्य बैंकले बढायो

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि पनि निक्षेपमा दिने ब्याजदर घटाएका छन् ।

२० वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घटेको छ । कात्तिक महिनामा यस्तो औसत ब्याजदर ६.१८ प्रतिशत रहेकोमा मंसिरमा घटेर ५.९६ प्रतिशत भएको छ।

एक महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२२ प्रतिशत विन्दुले घटेको हो । कात्तिकमा यस्तो ब्याजदर असोजको तुलनामा ०.२१ प्रतिशत विन्दुले घटेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर केही बढाउँदा ८ बैंकले अधिकतम ब्याजदर स्थिर राखेका छन् ।

स्थिर राख्नेमा नेपाल एसबीआई, नेपाल, सानिमा, इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, हिमालयन र एभरेस्ट छन्। ११ बैंकले भने घटाएका छन्।

घटाउनेमा कृषि विकास, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम, सिटिजन्स, नबिल, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, एनएमबी र एनआईसी एसिया छन्।