विश्वप्रकाशले उठाए आफ्नै पार्टीका मन्त्रीबारे गम्भीर प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै पार्टीबाट मन्त्री बनेका राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)का विषयमा गम्भीर प्रश्न उठाएका छन्।

भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा भएको छलफलमा महामन्त्री शर्माले रामेछाप कांग्रेसको सभापति समेत रहेका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको विषयमा प्रश्न उठाएका हुन्।

निर्माण व्यवसायी कान्छाराम अहिले उर्जा जलस्रोत तथा सिंचाई मन्त्री छन् ।

उहाँको कम्पनी कालोसूचीमा परेको कुरा आएको छ। यस बिषयमा गम्भीर हुनुपर्ने बताएका छन्।